२५ आश्विन २०८१, शुक्रबार | Fri Oct 11 2024

नेपालमै पहिलोपटक ‘अपटाउन म्युजिक फेस्टिवल’ हुने

१७ फागुन, काठमाडौं । अपटाउनको प्रस्तुतिमा नेपालमै पहिलोपटक ‘अपटाउन म्युजिक फेस्टिवल’ हुने भएको छ । पीभीई नेटवर्क एक्सक्लुसिभ पार्टनर रहेको यो फेस्टिवल २० फागुनमा ललितपुरको झम्सिखेलमा हुन लागेको हो । फेस्टिवलमा दीपक बज्राचार्य, सबिन राई एन्ड द फरोह, नवीन के भट्टराई एन्ड अतृप्त, कालीप्रसाद बासकोटा, आर्को मुखर्जी कलेक्टिभ र रविन एन्ड द न्यु रिभोल्युसनको विशेष सांगीतिक प्रस्तुति हुनेछ ।

यसबाहेक हरि महर्जन प्रोजेक्ट, बिजेन, बलेन, द ब्रिज, द इलिमेन्ट्स, कान्ता डब डब र रचना दाहालको अभिनय रहनेछ । उनीहरूबाहेक रिदिम सङ्स, एलएसडी, ट्राई टोन, द सोल नेपाल, कंक्रिट जंगल, द हाइ सिक्स एन्ड बी फ्ल्याट र अडियो स्क्वाडले पनि आफ्नो प्रस्तुति दिनेछन् ।

यी कलाकारबाहेक आरोन, डेञ्जोङ, मोनिका, रेसेस र मनिकको पनि प्रस्तुति हुनेछ । आयोजकका अनुसार फेस्टिवलमा तीन भिन्न देशका करिब २६ कलाकारले सहभागिता जनाएका छन् । फेस्टिवलको शुभारम्भ गायक दीपक बज्राचार्यले गर्नेछन् । यो महोत्सवमा दर्शकलाई प्रवेश निःशुल्क गरिएको छ ।

प्रकाशित मिति : १७ फाल्गुन २०७८, मंगलवार १५:२१