१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

प्रधानमन्त्री केपी शर्मा अोलीसँग भेट्न समेत नपाएको राजपा नेताहरूको गुनासो

२५ साउन, काठमाडौं । राष्ट्रिय जनता पार्टी (राजपा) का नेताहरुले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट्न समेत नपाएको भन्दै गुनासो गरेका छन । अनलाइनखबर डटकमसँग कुरागर्दै राजपा अध्यक्षमण्डलका संयोजक महन्थ ठाकुरले अोलीले भेट्नलार्इ समेत नदिएको भन्दै गुनासो गरेका छन । उनले प्रधानमन्त्री व्यस्त रहेको भन्दै अाफूहरूलार्इ भेट्न नदिइएको बताएका छन ।

संविधान संशोधन लगायत सरकार गठन हुँदा भएको ३ बुँदे सहमतिको कार्यान्वयनबारे जानकारी लिन अध्यक्षमण्डलका सबै सदस्यहरुले प्रधानमन्त्रीलाई सामूहिक भेटेर अल्टिमेटम दिन खोज्दा समय नपाएको ठाकुरको भनाइ रहेको छ ।  प्रधानमन्त्रीको समय अभावका कारण राजपा नेताहरुसँग छलफल हुन नपाएको प्रधानमन्त्रीको नीजि सचिवालयले जनाएको छ । प्रधानमन्त्रीको सचिवालयले शुक्रबार पनि राजपा नेताहरुसँग भेट्ने कार्यक्रम नरहेको बताएको छ ।

प्रकाशित मिति : २५ श्रावण २०७५, शुक्रबार १३:१०