४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

स्वावलम्बन लघुवित्तको कामु सीईओमा गोविन्द चापागाईँ नियुक्त

१७ फागुन, काठमाडाैँ । स्वावलम्बन लघुवित्त वित्तीय संस्थाको कामु कायम मुकायम प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा गोविन्द गोविन्द चापागाईँ नियुक्त भएको छन् । लघुवित्तको फागुन १५ गते बसेको सञ्चालक समितिको बैठकले अर्काे निर्णय नभएसम्मका लागि कायम मुकायम प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा गोविन्द चापागाईँलाई नियुक्त गरेको हो ।

कामु सीईओ चापागाईँले सोमबारदेखि नै जिम्मेवारी सम्हालेका छन् । साथै स्वावलम्बन लघुवित्तको सीईओ पद उदय राज खतिवडाले सम्हाल्दै आएका थिए । खतिवडाले माघ १२ गते पेश गरेको राजिनामालाई फागुन १६ गतेदेखि लागु हुने गरी स्वीकृत गरेको छ ।

प्रकाशित मिति : १७ फाल्गुन २०७८, मंगलवार ०८:५२