१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

मोटरसाइकल चोरी गरेर बेच्ने युवक पक्राउ

१७ फागुन, भक्तपुर । मोटरसाइल चोरी गरेर बेच्ने गरेको आरोपमा प्रहरीले उपत्यकाबाट एक युवकलाई पक्राउ गरेको छ । रामेछाप घर भई काभ्रेको बनेपा-१३ थापागाँउ बस्दै आएका १८ वर्षीय छिरिङ घिसिङलाई महानगरीय प्रहरी परिसर भक्तपुरले दुई वटा मोटरसाइकल र चार स्कुटरसहित पक्राउ गरेको हो ।

परिसरका सूचना अधिकारी राजु पाण्डेका अनुसार घिसिङले मोटरसाइकल र स्कुटर चोरी गरेर बेच्ने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

प्रकाशित मिति : १७ फाल्गुन २०७८, मंगलवार ०८:०३