२५ आश्विन २०८१, शुक्रबार | Fri Oct 11 2024

महाकाली सन्धी गर्दाको कलंक एमसीसी अस्वीकार गरेर मेट्न देउवालाई सुवालको सुझाव

१५ फागुन, काठमाडाैँ । नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का सांसद प्रेम सुवालले एमसीसी कुनै हालतमा पनि पास गर्न नहुने बताएका छन् ।

आइतबार जारी प्रतिनिधि सभाको दोस्रो बैठकमा एमसीसीको व्याख्यात्मक घोषणामाथिको सहभागी हुँदै उनले एमसीसी अन्तर्गतको खर्च सैन्य बजेट भएको बताएका छन् । सैन्य रणनीति अन्तर्गतको बजेट भएकाले एमसीसी सम्झौता पारित गर्न नहुने उनको भनाइ छ ।

सुवालले महाकाली सन्धी गर्दाको कलंक एमसीसी अस्वीकार गरेर कम गर्न प्रधानमन्त्री शेरबहादुर देउवालाई सुझाव दिए ।

प्रकाशित मिति : १५ फाल्गुन २०७८, आईतवार २०:५१