२५ आश्विन २०८१, शुक्रबार | Fri Oct 11 2024

प्रचण्ड र माधवलाई दुबै पार्टी नेपाली कांग्रेसमा विलय गराउन एमाले नेता डा कडेँलको सुझाव

१५ फागुन, काठमाडौँ । नेकपा एमालेको केन्द्रीय लेखा आयोगका अध्यक्ष डा पुष्प कडेँलले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका पार्टीका अध्यक्ष माधवकुमार नेपाललाई दुबै पार्टी नेपाली कांग्रेसमा विलय गराउन सुझाव दिएका छन । सामाजिक सञ्जाल मार्फत टिप्पणी गर्दै डा कडेँलले यस्तो सुझाव दिएका छन ।

डा कडेँलले भनेका छन, ‘ठग वन्धनले धेरै नाटकपछि एमसिसि पास गर्ने निर्णय गरेछ । यो हुनु नै थियो । यिनका सिद्धान्त, बिचार र राजनीति ठगी खाने भाँडो हो । मुख्य कुरा पद नभइकन रहन सक्तैनन् । नचिन्नले पनि यिनलाई चिन्ने अवसर पाए । माधव नेपाल र पुष्पकमल दाहालमा रहेको केपि फोवियाकै समयमा नेपाली कांग्रेसले आफ्नो पार्टीमा बिलय हुन आऊ होइन भने एमालेसँग गठवधन गर्छौं भन्यो भने त्यो पनि हुन्छ । यिनलाई कांग्रेसमा बिलय गराउनु नेपालको हितमा पनि छ । नेपाली कांग्रेसलाई यस्ता इमान्दार ठगहरु सहयोगी भटेकोमा बधाई छ । तथ्य आफै बोल्छ । जे होस् यिनका चर्तिकला बुझ्ने अवसर नेपाली जनताले पाए ।’

प्रकाशित मिति : १५ फाल्गुन २०७८, आईतवार २०:३२