२५ आश्विन २०८१, शुक्रबार | Fri Oct 11 2024

एमसीसी संसदबाट अनुमोदन गर्ने सत्ता गठबन्धनको सर्वसम्मत निर्णय

१५ फागुन, काठमाडौँ । सत्ता गठबन्धनले संसदबाट एमसीसी अनुमोदन गर्ने सर्वसम्मत निर्णय गरेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको सत्ता गठबन्धनका शीर्ष नेताहरूबीचको बैठकले एमसीसी अनुमोदन गर्ने औपचारिक निर्णय गरेको हो ।

उनीहरूले नागरिकको नजरमा छारो हाल्न व्याख्यात्मक टिप्पणीसहित एमसीसी अनुमोदन गर्ने सहमति गरेका हुन । आतइबारको एमसीसी अनुमोदन गर्ने निर्णय लिएको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, मा‌ओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल,नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल सहभागी थिए ।

त्यस्तै नेपाली कांग्रेसका तर्फबाट वरिष्ठ नेता रामचन्द्र पौडेल‚ उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगनकुमार थापा‚ कृष्णप्रसाद सिटौला‚ जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलगायत सहभागी थिए । यसअघि माओवादी केन्द्रले पनि एमसीसी अनुमोदन गर्ने निर्णय गरिसकेको छ ।

प्रकाशित मिति : १५ फाल्गुन २०७८, आईतवार ११:५४