चुनावमा लडेर गल्ती गरेको भन्दै वडा सदस्यमा विजयी नारायण पुनमगर पैसा कमाउन कुवेतमा
२५ साउन, काठमाडाैँ । प्यूठानको स्वर्गद्वारी नगरपालिका-१ कोचिवाङ प्यूठानका वडा सदस्य नारायण पुनमगर वडा अध्यक्षलार्इ सुइँको समेत नदिइ रोजागरीका लागि कुवेत पुगेका छन । घरव्यवहार चलाउनै समस्या भएपछि उनी कुवेत गएको परिवारले जनाएको छ । पुनमगर कुवेत पुगेको दुई महिना पुगिसकेको वडा अध्यक्ष मेघराज जिसीले बताएका छन ।
उनले पुनमगर कुवेत पुगेपछिमात्र अाफूले पनि थाहा भएको बताए । पुनमगरले वडा अध्यक्ष जिसीलार्इ फोनमा आफूले चुनावमा उठेर गल्ती गरेको प्रतिक्रिया दिएको बताएका छन । साथै उनले वडा अध्यक्षमार्फत जनतालाई धोका दिएको भन्दै क्षमा मागेका छन्। पुनमगर स्थानीय तह निर्वाचनमा राष्ट्रिय जनमोर्चाबाट निर्वाचित भएका थिए ।
प्रकाशित मिति : २५ श्रावण २०७५, शुक्रबार ०६:२२