२५ आश्विन २०८१, शुक्रबार | Fri Oct 11 2024

एमाले अध्यक्ष ओली पोखरामा

१३ फागुन, पोखरा । पोखरामा आज कांग्रेस र माओवादीका सयौँ कार्यकर्तालाई एमालेमा स्वागत गर्न अध्यक्ष केपी शर्मा ओली आज पोखरा आइपुगेका छन । एमाले गण्डकी प्रदेश संगठन कमिटीको प्रदेश स्तरीय अगुवा कार्यकर्ता भेला तथा पार्टी प्रवेश कार्यक्रममा भाग लिन ओली पोखरा आइपुगेका हुन । ओलीलाई  पोखरामा उपमहासचिव पृथ्वीसुब्बा गुरूङ, सचिव पद्मा अर्याल, स्थायी कमिटी सदस्य खगराज अधिकारी लगायतले विमानस्थलमै पुगेर स्वागत गरेका छन ।

कार्यक्रममा विभिन्न पार्टीका सयौं नेता तथा कार्यकर्ता एमाले प्रवेश गराउने तालिका रहेको गण्डकी संगठन कमिटीका उपसचिव रश्मी आचार्यले बताए । स्थानीय तहको निर्वाचनको पूर्व तयारीका सन्दर्भमा छलफल हुने भएको छ । कार्यक्रम पोखरा सभागृहमा दिनको ठिक ११ बजे तय गरिएको छ ।

प्रकाशित मिति : १३ फाल्गुन २०७८, शुक्रबार १२:२८