११ मंसिर २०८१, मंगलवार | Wed Nov 27 2024

मन्त्रीदेखि गाउँपालिकाका प्रमुख र उप्रमुखले नेकपाको कार्यकारी जिम्मेवारी नपाउने

२४ साउन, काठमाडाैँ ।  नेपाल कम्युनिष्ट पार्टी नेकपाले राजकीय जिम्मेवारी पाएका नेताहरूलार्इ पार्टीको कार्यकारी भूमिका नदिने भएको छ । नेकपाको केन्द्रीय सचिवालयको अाज बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

बैठकले मन्त्रीहरु, प्रदेशको संसदीय दलका नेता, उपनेता, प्रमुख सचेतक, जिल्ला समन्वय समितिका सभापति, उपसभापति नगर र गाउँ पालिकाका प्रमुख उपप्रमुखलाई पार्टीको कार्यकारी जिम्मेवारी नदिने निर्णय गरेको हो ।

नेकपाको यो निर्णयले नेताहरूको व्यवस्थापनमा सहज हुने अनुमान गरिएको छ । त्यस्तै बैठकले चिनियाँ कम्युनिस्ट पार्टीको निमन्त्रणामा नारायणकाजी श्रेष्ठको नेतृत्वमा नेपाल कम्युनिस्ट पार्टीको टोलीले चीन भ्रमण गर्ने  निर्णय समेत गरेको छ ।

प्रकाशित मिति : २४ श्रावण २०७५, बिहीबार १७:३८