२५ आश्विन २०८१, शुक्रबार | Fri Oct 11 2024

पाँच दलीय गठबन्धन चकनाचुर ! आजै राति देउवा र ओलीबीच फेरि वान टु वान वार्ता तय

१२ फागुन, काठमाडौँ । एमसीसीकै कारण बनेको पाँच दलीय गठबन्धन एमसीसीकै कारण भत्किने अवस्थामा पुगेको छ । एमसीसी पास गरेर गठबन्धन बलियो बनाउन अमेरिकालाई समर्पण पत्र पठाएपनि अहिले कार्यकर्ता सडकमा उतारेर सरकारकै विरूद्धमा आन्दोलन गर्न थालेपछि गठबन्धन नै समस्यामा परेको छ ।

बिहीबार दिँउसो नेपाली कांग्रेस र नेकपा एमालेका नेताहरूबीच संसदमा भवनमा छलफल भएको थियो । छलफलमा प्रधानमन्त्री समेत रहेका कांग्रेसका सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीले आआफ्नो दलमा छलफल गरेर पुनः आजै राति भेट गर्ने सहमति गरेका छन । बैठकपछि नेपाली कांग्रेसका महामन्त्री गगन थापाले अब गठबन्धन टुटेको बताए ।

प्रकाशित मिति : १२ फाल्गुन २०७८, बिहीबार १७:३४