२५ आश्विन २०८१, शुक्रबार | Fri Oct 11 2024

हलिया कोटा व्यवस्था गर्न माग

१२ फागुन, बाजुरा । जगन्नाथ गाउँपालिका–२ लुमाका हलियाहरूले सरकारले हलिया कोटाको व्यवस्था गर्नुपर्ने माग गरेका छन् । मधेसी र अन्य जातजातिलाई आरक्षण कोटा दिने तर हलियालाई नदिएर अन्याय गरेको उनीहरूले दुखेसो छ ।

पीसविन बाजुराले वडा नम्बर २ लुमाका हलियाहरूसँग गरेको छलफलमा उनीहरूले यस्तो माग गरेका हुन् । सरकारले मुक्त हलिया घोषणा गरे पनि हलियाहरूको जीविकोपार्जनका लागि कुनै पनि चासो नदिएको उनीहरूले बताएका छन् ।

लुमामा मात्र ३८ जना हलिया प्रमाणीकरण हुनबाट छुटेका छन् । उनीहरूले प्रमाणीकरण हुनबाट छुटेका हलियाको तथ्यांक लिनुपर्ने समेत माग गरे । लुमामा रहेका ‘क’ वर्गका मुक्त हलिया मन्ने सार्कीले सरकारले घर बनाउन पैसा दिए पनि परिवार पाल्न अर्काको भारी बोक्नु पर्ने बाध्यता रहेको बताए ।

प्रकाशित मिति : १२ फाल्गुन २०७८, बिहीबार १३:५१