२५ आश्विन २०८१, शुक्रबार | Fri Oct 11 2024

नेपाली झण्डा बोकेर एमसीसीबिरूद्धको आन्दोलनमा निस्कन अपिल

१२ फागुन, काठमाडौँ । एमसीसीबिरूद्धको आन्दोलनमा सहभागी हुन स्वतन्त्र अभियानले अपिल गरिएको छ । अभियानले नेपाली झण्ड बोकेर एमसीसीबिरूद्धको आन्दोलनमा नयाँ बानेश्वर आउन अपिल गरेको हो । उसले शान्तिपूर्ण रूपमा आन्दोलन गर्नुपर्ने बताएको छ ।

केहीदिनअघि माओवादी कार्यकर्ताले प्रहरीमाथि ढुंगामुढा गरेर बनेका संरचना तोडफोड गरेको भन्दै आन्दोलन नाममा आराजकता मच्चाउन नहुने र शान्तपूर्ण रूपमा राष्ट्रिय झण्डा बोकेर बिरोध गर्नुपर्ने अभियन्ता एकिन्द्र कुँवरले जानकारी दिए । उनले ११ बजेदेखि नयाँ बानेश्वर चोकमा जम्मा भएर नो एमसीसी र रिजेक्ट एमसीसी भन्दै नाराबाजी गरेर बिरोध गरिने जानकारी दिए ।

प्रकाशित मिति : १२ फाल्गुन २०७८, बिहीबार ०९:१३