२५ आश्विन २०८१, शुक्रबार | Sat Oct 12 2024

पल शाहविरुद्ध बालिका बलात्कारको मुद्दा, १० देखि १२ वर्ष कैद हुने

११ फागुन, काठमाडौं । अभिनेता पल शाहविरुद्ध बलात्कारको कसूरमा गायिका समीक्षा अधिकारीले किटानी जाहेरी गर्दा गराएकी छन् । अधिकारीले शाहविरुद्ध जिल्ला प्रहरी कार्यालय तनहुँमा किटानी जाहेरी दिएकी हुन् ।

यसअघि जिल्ला प्रहरी कार्यालय, कास्कीमा शाहविरुद्ध जाहेरी दिइएको थियो । तर, प्रहरीले घटनास्थल तनहुँ भएकाले तनहुँमै दर्ता गर्न सुझाव दिएको थियो । त्यसपछि उनले तनहुँ प्रहरीमा उजुरी दिएको बताइएको छ ।

एउटा म्यूजिक भिडियोको सुटिङका क्रममा तनहुँ गएका बेला शाहले फकाएर आफूमाथि करणी गरेको उनले उजुरीमा उल्लेख गरेकी छन् । १८ वर्षभन्दा कम उमेरकी अधिकारीले शाहले आफूमाथि फकाएर करणी गरेको दाबी गर्दै आएकी छन् ।

मुलुकी अपराध संहिताको दफा २१९ अनुसार १८ वर्षभन्दा कम उमेरकी बालिकासँग सहमतिमै यौन सम्बन्ध राखे पनि त्यसलाई बलात्कार मानिन्छ । र त्यसमा १० देखि १२ वर्ष कैद हुने व्यवस्था रहेको छ ।

प्रकाशित मिति : ११ फाल्गुन २०७८, बुधबार १७:४९