२५ आश्विन २०८१, शुक्रबार | Sat Oct 12 2024

देशभर थपिए ३१२ कोरोना संक्रमित, थप दुई जनाको मृत्यु

११ बुधबार, काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ३१२ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पाँच हजार १०३ जनाको पिसिआर परीक्षण गर्दा २५६ जना र तीन हजार ५९० जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ५६ जनाको रिपोर्ट पोजिटिभ आएको हो ।

सोही अवधिमा ९११ जना संक्रमणमुक्त भएका छन् । मन्त्रालयका अनुसार थप दुई जनाको मृत्यु भएको छ । आज थपिएका सँगै हाल देशभर १० हजार ९० जना सक्रिय संक्रमित रहेका छन् ।

प्रकाशित मिति : ११ फाल्गुन २०७८, बुधबार १७:१५