२६ आश्विन २०८१, शनिबार | Sat Oct 12 2024

देउवालाई भेट्न प्रचण्ड बालुवाटारमा

९ फागुन, काठमाडाैँ । प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएको छ। साेमबार सिंहदरबारमा कांग्रेस बरिष्ठ नेता रामचन्द्र पौडेलसँगको भेटपछि प्रचण्ड देउवालाई भेट्न बालुवाटार पुगेका हुन् ।

फाइल फाेटाे

उनिहरूबीच समसामयिक विषयमा कुराकानी भएको प्रचण्डको निजी सचिवालयले जनाएकाे छ । प्रचण्डलाई कांग्रेस नेता पौडेलले गठबन्धन नटुट्ने गरि एमसीसीमा अघि बढ्नुपर्ने बताएका थिए । देउवासँगको भेटमा प्रचण्डले पौडेलको प्रस्तावबारे समेत छलफल गरेको बताइएको छ।

प्रकाशित मिति : ९ फाल्गुन २०७८, सोमबार १९:५९