११ फाल्गुन २०८२, सोमबार | Mon Feb 23 2026

नेपाल बैंककाे बाेनस शेयर नेप्सेमा सूचिकृत

९ फागुन, काठमाडाैँ । नेपाल बैंककाे बाेनस शेयर नेप्सेमा सूचिकृत भएकाे छ । बैंकको मिति २०७८ पौष २ गतेका दिन सम्पन्न भएको बैंकको ६२ औं वार्षिक साधारण सभाबाट पारित भएको आर्थिक वर्ष २०७७/७८ मा कायम चुक्ता पूँजीको १४ प्रतिशतका दरले हुन आउने रु.१,७६,९१,४६,२०७/३६ रकम बराबरको १,७६,९१,४६२.०७ कित्ता बोनस शेयर साेमबार नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सूचीकरण भएको हाे ।

शेयर अभौतिकीकरण गरिसकेका शेयरधनीहरुको डिम्याट खातामा १४ प्रतिशतका दरले हुन आउने बोनस शेयर जम्मा हुने र भौतिक रुपमा कायम शेयरधनीहरुले शेयर अभौतिकीकरण गराए पश्चात् मात्र बोनस शेयर खातामा जम्मा हुने भएकोले आफ्नो नाममा रहेको शेयर यथाशीघ्र अभौतिकीकरण गराउन बैंकले अनुराेध समेत गरेकाे छ ।

प्रकाशित मिति : ९ फाल्गुन २०७८, सोमबार १९:२४