२६ आश्विन २०८१, शनिबार | Sat Oct 12 2024

रक्सीको मातमा पार्टी परिवर्तन गरेका माओवादी केन्द्रका नेता भन्छन, ‘प्रचण्डपथमा वफादार छु’

९ फागुन, डोटी । रक्सीको मातमा पार्टी परिवर्तन गरेका माओवादी केन्द्रका एक नेता फेरि पार्टीमै फर्किएका छन । डोटीको आदर्श गाउँपालिका माओवादी केन्द्रका उपाध्यक्ष रण नेपाली रक्सीको मातमा एमाले प्रवेश गरेको भन्दै रक्सीले छाडेपछि पुनः एमालेमै फर्किएको बताएका छन ।

उनले विज्ञप्ति नै प्रकाशित गरेर आफू रक्सीको मातमा एमाले प्रवेश गरेको र रक्सीले छाडेपछि विज्ञप्ति नै निकालेर माओवादीमै रहेको जानकारी दिएका छन । उनले एमालेका नेताले आफूलाइ रक्सी खुवाएको आरोप लगाएका छन ।

फागुन ६  मा आदर्श गाउँपालिकामा भएको एमालेको कार्यक्रममा आफूलाई एमालेका कार्यकर्ताले रक्सी खुवाइ एमाले प्रवेश गराएको भन्दै उनले शनिबार विज्ञप्ति नै निकालेका छन । उनले आफू प्रचण्डपथमा अडिग रहेको पनि बताएका छन ।

यद्यपी आदर्श गाउँपालिकाको नेकपा एमालेको नेतृत्वले भने उनले भनेको जस्तो रक्सी खुवाएर पार्टी प्रवेश नगराएको बताएको छ । नेपालीले नै एमाले प्रवेश गर्ने भनेर पार्टी प्रवेश गरेको तर वाहनाका लागि रक्सीको सन्दर्भ निकालेको हुन सक्ने अनुमान गरेको छ ।

प्रकाशित मिति : ९ फाल्गुन २०७८, सोमबार १४:३४