२६ आश्विन २०८१, शनिबार | Sat Oct 12 2024

एमाले केन्द्रीय विभाग प्रमुखहरूको बैठक : समन्वयात्मक रूपमा काम अघि बढाउने निर्णय

९ फागुन, काठमाडौं । एमाले केन्द्रीय विभागका प्रमुखहरूको बैठक सम्पन्न भएको छ । सोमबार बसेको बैठकमा ३३ वटा केन्द्रीय विभागमध्ये २२ विभाग प्रमुखहरूको उपस्थिति रहेृको एमालेले जनाएको छ । एमाले महासचिव शंकर पोखरेलले पार्टीलाई नीतिगत रूपमा सुझाव दिन र आ–आफ्नो क्षेत्रका काम अघि बढाउन विभागीय प्रमुखहरूलाई निर्देशन दिए।

बैठकमा उपमहासचिव विष्णु रिमाल, सचिव योगेश भट्टराईका साथै विभागका प्रमुखहरूले पार्टी कामका सन्दर्भमा धारणा राखेको एमालेले जनाएको छ । विभागहरूलाई छिट्टै पूर्णता दिने, कार्ययोजना बनाउने, आफ्नो क्षेत्रको काम अघि बढाउने र समन्वयात्मक रूपमा काम अघि बढाउने निर्णय भएको छ ।

प्रकाशित मिति : ९ फाल्गुन २०७८, सोमबार १३:४२