२६ आश्विन २०८१, शनिबार | Sat Oct 12 2024

शरीरमा आगो सल्केर जुम्लामा एक जनाको मृत्यु

७ फागुन, जुम्ला । जुम्लामा आगोले जलेर एक जनाको ज्यान गएको छ । तातोपानी गाउँपालिका–४ गिरीखोलाका २६ वर्षीय गोविन्द्र रोकायको शरीरमा आगो सल्किँदा जलेर मृत्यु भएको हो । जुम्लाका प्रहरी नायव उपरीक्षक नरेन्द्र चन्दले चिसोका कारण न्यानो बनाउनका लागि बालेको आगो ताप्दै गर्दा शरीरमा आगो सल्केर घाइते भएका रोकायको उपचारको क्रममा मृत्यु भएको बताए ।

बिहीबार दिउँसो ५ बजेतिरको समयमा मृतक रोकाया रानीजंगलमा बाख्रा चराउन गएका थिए । उनले चिसोको कारण आगो बालेर ताप्ने क्रममा शरीरमा लागोले टिपेट आगलागी भई ज्यान गएको प्रहरीले जनाएको छ । रोकायको शरीरमा आगो लागेर चिच्चाएपछि अन्य व्यक्तिले थाहा पाएपछि प्रहरीलाई खबर गरेका थिए । रोकायको उद्धार गरी उपचारको लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा ल्याइएको थियो । उनको उपचारको क्रममा शुक्रबार दिउँसो ३ बजे ज्यान गएको अस्पतालले जनाएको छ ।

प्रकाशित मिति : ७ फाल्गुन २०७८, शनिबार १७:१७