२६ आश्विन २०८१, शनिबार | Sat Oct 12 2024

अधिक फेक र पेड गरिएका ओभरलोडेड सूचनाको बाढीले नेपाली समाजलाई थिच्योः बाँस्कोटा

७ फागुन, काठमाडौँ । नेकपा एमालेका पोलिटब्यूरो सदस्य एवं पूर्वमन्त्री गोकुल बाँस्कोटाले अधिक फेक र पेड गरिएका ओभरलोडेड सूचनाको बाढीले नेपाली समाजलाई नराम्ररी थिच्ने अवस्था आएको बताएका छन ।

बाँस्कोटाले एमालेले एमसीसीको बारेमा निर्णय गरेन भनेर नआत्तिन अनुरोध गर्दै दबाव र प्रभाव भन्दा परै बसेर सुदुर भबिष्य सम्म हेरेर कदम चाल्ने पार्टी एमाले भएको बताएक छन । उनले समाधानविनाको उग्रताले कहीँ पनि नपुर्याउने बताएका छन ।

सामाजिक सञ्जाल मार्फत उनले भनेका छन, ‘अधिक फेक र पेड गरिएका ओभरलोडेड सूचनाको बाढीले नेपाली समाजलाई नराम्ररी थिच्ने भो।समाधान विनाको उग्रताले कहिं पनि पुर्याउॅंदैन।फलानो बोल्यो,तिलानो बोल्यो,एमाले बोलेन भनेर अरुले गीत गाउन आवश्यक छैन।दबाव र प्रभाव भन्दा परै बसेर सुदुर भबिष्य सम्म हेरेर कदम चाल्ने पार्टी नै एमाले हो।’

प्रकाशित मिति : ७ फाल्गुन २०७८, शनिबार १०:३६