७ मंसिर २०८१, शुक्रबार | Fri Nov 22 2024

राष्ट्रपतिबाट ज्येष्ठ सदस्यलाई शपथ

२० फागुन,काठमाण्डौं । राष्ट्रपति विद्यादेवी भण्डारीले आज ज्येष्ठद सदस्यलाई मातृभाषामा प्रतिनिधिसभाका महन्थ ठाकुर र राष्ट्रियसभाकी तारादेवी भट्टलाई पद तथा गोपनीयताको शपथ गराएकि छिन् ।

ठाकुरले मातृभाषा मैथिली र भट्टले नेपाली भाषामा शपथ लिएकाछन् । गत मंसिर १० र २१ गते प्रतिनिधिसभा र माघ २४ गते राष्ट्रियसभाको निर्वाचन भएको थियो ।

ज्येष्ठ सदस्य ठाकुर प्रदेश नं २ अन्तर्गत महोत्तरी जिल्ला निर्वाचन क्षेत्र नं ३ बाट निर्वा्चित चएका थिए । उनिहरु हाल ७१ र भट्ट ६९ वर्षका छन् । शीतल निवासमा आयोजित समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधीश गोपाल पराजुली, मन्त्रिगण, संवैधानिक एवं सुरक्षा निकायका प्रमुख, उच्चपदस्थ कर्मचारीलगायतको उपस्थिति थियो ।

आज अपराह्न ४ बजे ज्येष्ठ सदस्य ठाकुरले संघीय संसद् भवन बानेश्वरमा प्रतिनिधिसभाका २७५ सांसदलाई तथा अपराह्न ५ बजे राष्ट्रियसभाका ज्येष्ठ सदस्य भट्टले ५९ सांसदलाई पद तथा गोपनीयताको शपथ गराउनुहुने कार्यक्रम छ ।     रासस

प्रकाशित मिति : २० फाल्गुन २०७४, आईतवार १६:१५