समयमै अधिवेशन गर्न असफल नेविसंघका अध्यक्ष महरलाई नेपाली कांग्रेसको १० दिने अल्टिमेटम
२३ साउन, काठमाडौँ । समयमै अधिवेशन गर्न असफल नेविसंघका अध्यक्ष महरलाई नेपाली कांग्रेसको १० दिने अल्टिमेटम दिएकोछ । नेविसंघको विवाद मिलाउन गठित समितिले अध्यक्ष नैनसिंह महरलाई १० दिनभित्र अधिबेशनको कार्ययोजना पेश गर्न अल्टिमेटम दिएको हो ।
सहमहामन्त्री प्रकाशशरण महतको संयोजकत्वमा गठन गरिएको समितिले अध्यक्ष महरलाई आगामी भदौ २ गतेभित्र कार्ययोजना पेश गर्न अल्टिमेटम दिएको हो । अध्यक्ष महरले २ गतेसम्म अधिबेशनको कार्ययोजना पेश गरे कार्यसमितिको म्याद तीन महिना थप्ने सहमति भएको समितिका सदस्य रंजित कर्णले बताएका छन ।
२ गतेभित्र कार्ययोजना पेश गर्न नसकेको खण्डमा भने वर्तमान समिति स्वतः खारेज गर्ने सहमति भएको सदस्य कर्णले बताए । नेविसंघको २०७३ साउन २३ गते महाधिवेशन सम्पन्न गरेको थियो ।
प्रकाशित मिति : २३ श्रावण २०७५, बुधबार १९:१४