३ आश्विन २०८१, बिहीबार | Fri Sep 20 2024

पोखरेल काठमाडौँ परिसरमा हाजिर

२९ माघ, काठमाडौँ । वरिष्ठ प्रहरी उपरीक्षक विश्वराज पोखरेलले महानगरीय प्रहरी परिसर, काठमाडौँका प्रमुखका रुपमो आजदेखि कार्यभार सम्हाल्नुभएको छ ।

प्रहरी प्रधान कार्यालयले यसअघिका परिसरका प्रमुख, वरिष्ठ प्रहरी उपरीक्षक रवीन्द्र धानुकको आइतबार सरुवा गर्दै उहाँको ठाउँमा पोखरेललाई ल्याएको थियो ।

आजदेखि परिसरमा हाजिर गरेको र कानूनको कार्यान्वयनलाई आफूले प्राथमिकतामा राख्ने उहाँले बताउनुभयो । शान्ति सुव्यवस्था कायम गरी राजधानीवासीलाई सुरक्षाको पूर्ण प्रत्याभूति दिन आफूले सक्दो पहल गर्ने उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो ।

प्रकाशित मिति : २९ माघ २०७४, सोमबार १६:२६