निशान हत्याको विषयले राष्ट्रियसभामा प्रवेश पायो, कांग्रेसले सोध्यो दोषी को ?
२३ साउन, काठमाडाैँ । नेपाली कांग्रेसले निशान हत्याको विषय राष्ट्रियसभामा प्रवेश गराएको छ । बुधबारको बैठकमा नेपाली कांग्रेसका राष्ट्रियसभा सदस्य राधेश्याम अधिकारीले काँडाघारीका बालक निशान खड्काको हत्यामा कसको दोष हो भनी सरकारलाई प्रश्न गरे ।
सदस्य अधिकारीले बालकको हत्या हुनुमा अपहरणकारीको मात्रै दोष हो वा सरकारी संयन्त्रकै दोष के हो भनि प्रश्न गरे । ‘बालकको हत्या हुनुमा कसको दोष हो ? जसले मारेको हो उसको दोष त हुँदै हो । अपराधकर्ममा लागेकाहरुको अतिरिक्त रेस्क्यु गर्न नसक्ने सरकारको दोष हो कि होइन ?’ उनले प्रश्न गरे । घटनामा अपहरणकारीको इन्काउन्टर भनिए पनि नियन्त्रणमा लिएर हत्या गरेको समाचारहरु आइरहेको भन्दै अधिकारीले यस विषयमा सरकारले जवाफ दिनुपर्ने बताए ।
प्रकाशित मिति : २३ श्रावण २०७५, बुधबार १४:०९