१२ मंसिर २०८१, बुधबार | Thu Nov 28 2024

नेपाल लाइफ इन्स्योरेन्सको कोटेश्वर शाखाबाट दावी भुक्तानी

२८ माघ, काठमाडाैँ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको कोटेश्वर शाखाले दावी गरेको दुई दिनमै मृत्युदावीको रकम भुक्तानी गरेको छ । कम्पनीका मृतकको इच्छाएको व्यक्तिलाई मृत्युदावीको तीन लाख १४ हजार रुपैयाँ बराबरको चेक हस्तान्तरण गरेको हो ।

वि.सं.२०६९ माघ २८ गते दुई लाख बीमाङ्कको बीमा गराएको बीमा लेख नं. १०७०१३६४२ रहेको बीमितको मस्तिष्कमा पानीको मात्रा बढी भएको कारण यही पुस २७ गते मृत्यु भएको थियो ।

कम्पनीका कोटेश्वर शाखा प्रमुख ज्ञानेन्द्र मान तुलाधर (ज्ञानु)ले माघ २८ गते एक कार्यक्रममार्फत बीमितको इच्छाएको व्यक्ति खिल नाथ फुयाललाई मृत्युदावीको चेक रकम हस्तान्तरण गरे ।

कार्यक्रममा कम्पनीका बरिष्ठ सहायक अनुज कुमार झा, सहायक प्रियङ्का कार्की र बरिष्ठ एजेन्सी म्यानेजर गोविन्द भट्टराईको समेत उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : २८ माघ २०७८, शुक्रबार १९:३९