२१ असार २०८१, शुक्रबार | Fri Jul 5 2024

कोरोनाविरूद्धको खोप चोर खोज्दै राष्ट्रिय युवा संघ स्वास्थ्य सेवा विभागमा


१ फागुन, काठमाडाैँ । राष्ट्रिय युवा संघ नेपालको केन्द्रीय स्वास्थ्य विभागले स्वास्थ्य सेवा विभागसँग’खोप चोरी प्रकरण’माथि भइरहेको छानविन प्रक्रियाबारे जानकारी माग गरेको छ । यसअघि ‘खोप चोरी प्रकरण’मा संलग्न व्यक्तिहरूमाथि छनविनको माख्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा मुद्धा दर्ता गरेको संघले आइतबार बिहान टेकुस्थित स्वास्थ्य सेवा विभागको कार्यालय पुगेर छानविन प्रक्रियाबारे जानकारी माग गरेको हो ।

छानविन प्रक्रियाबारे जानका लिँदै संघका केन्द्रीय प्रचार विभाग प्रमुख महाराज गुरुङले २४ लाख खोप स्वास्थ्य मन्त्रलायले गायब पारेको जानकारी दिए । उनले स्वास्थ्यमन्त्री विरोध खतिवडाको राजीनामाको माग गर्दै संघ निरन्तर आन्दोलनमै रहेको जानकारीसमेत दिए । यस्तै संघले आइतवार स्वास्थ्य सेवा विभागमा २४ लाख खोप हराएको भन्दै त्यसको स्रोत माग गरेको छ ।

प्रचार विभाग प्रमुख गुरुङका अनुसार २४ लाख खोप हराएको भएपनि आइतबार स्वास्थ्य सेवा विभागले हराएका सबै खोपको विवरण दिन नसकेको हो । उनले खोपको विषयसँगै संघले विभिन्न विषयमा आवाज उठाइरहेको र आन्दोलनका कार्यक्रमहरू जारी रहेको जानकारी दिए ।

प्रकाशित मिति : १ फाल्गुन २०७८, आईतवार १८:१५