२१ असार २०८१, शुक्रबार | Fri Jul 5 2024

प्रधानन्यायाधीश राणा निलम्बित भएसँगै पाँच दलीय गठबन्धनका लागि सर्वोच्च कम्फर्टेवल


१ फागुन, काठमाडौँ । सत्तारूढ दलहरूका सांसदले महाभियोग प्रस्ताव दर्ता गरेपछि सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा स्वतः निलम्बित भएका छन । उनी निलम्बनमा परेपछि वरिष्ठतम् न्यायाधीश दीपक कार्कीले सर्वोच्चको बागडोर सम्हाल्ने भएका छन ।

कार्की पाँच दलीय गठबन्धनले संविधानविपरित मागेको परमादेशको डिजाइनर मध्येका एक हुन । योसँगै सर्वोच्च अदालत पाँच दलीय गठबन्धनका लागि कम्फर्टेवल हुने भएको छ । अब एमसीसी र स्थानीय चुनावका सम्बन्धमा सर्वोच्चमा मुद्दा लगेर पर सार्न उनीहरूले भूमिका खेल्ने सम्भावना रहेको छ ।

कांग्रेस, माओवादी लगायतका ९८ जना सांसदले हस्ताक्षर गरेर प्रधानन्यायाधीश राणाविरूद्ध महाभियोग प्रस्ताव दर्ता गरेका हुन् । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकम दाहाल प्रचण्डले यसअघि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार अपदस्त गर्नका निम्ति सर्वोच्चको दुरूपयोग गरेका थिए ।

तीनै दुरूपयोगमा सहभागी न्यायाधीशहरूको मागमा कांग्रेस र माओवादी लगायतका दलले प्रधानन्यायाधीशका विरूद्धमा महाअभियोग दर्ता गराएका हुन ।

उनीहरूले सर्वोच्च अदालतभित्रै लामो समय इजलाश बहिष्कार गरेर आन्दोलन गरेका थिए भने नेपाल बार मार्फत केही कानुन व्यवसायीलाइ आन्दोलित बनाएका थिए । शेरबहादुर देउवाले प्रधानन्यायाधीश राणाको कोटामा गजेन्द्र हमाललाइ उद्योगमन्त्रीमा नियुक्त गरेपछि यो विषय थप पेचिलो बनेको थियो ।

प्रकाशित मिति : १ फाल्गुन २०७८, आईतवार १२:१२