२० असार २०८१, बिहीबार | Fri Jul 5 2024

नुवाकोटको म्यागङमा अधिवेशनकाे चार महिनापछि एमाले नेतृत्वको सपथ, गाउँ नछाड्न नेताकाे निर्देशन


२९ माघ, नुवाकाेट । नेकपा एमाले म्यागङ गाउँ कमिटीका पदाधिकारी तथा सदस्यहरुकाे सपथग्रहण अधिवेशनकाे चार महिनापछि शनिबार सपथ भएकाे छ । एमाले वाग्मती प्रदेश कमिटीका अध्यक्ष केशव पाण्डेकाे प्रमुख आतिथ्यतामा शनिबार पालिका कमिटीका पदाधिकारीले सपथ गरेका हुन । यसअघि चुपचाप बसेकाे नेतृत्व स्थानीय तहकाे निर्वाचव वैशाख ३० मा हुने घाेषणापछि पालिका नेतृत्व प्रभावकारी बनाउन लागि परेबाे छ ।

सपथ समाराेहमा सम्बाेधन गर्दै प्रदेश कमिटीका अध्यक्ष पाण्डेले चुनाव केन्द्रित अभियान सञ्चालन गर्न निर्देशन दिए । उनले व्यक्तिगत हित भन्दा पनि पार्टीगत हितमा केन्द्रीकृत बन्न निर्देशन दिए । उनले एमाले अझै मजवुत हुदै गइरहेकाे बताए । उनले भने, `देशभर अन्य पार्टी छाडेर एमालेमा प्रवेश गर्ने जनलहर आएको छ। याे जनलहरले आगामी निर्वाचनमा विजय प्राप्त गर्ने निश्चित छ ।´

साेही कार्यक्रममा एमाले केन्द्रीय सदस्य तथा नुवाकोट जिल्ला इज्चार्ज कमरेड बिन्दा ढुङ्गानाले गाउँ पालिकामा भएका अनियमितताहरुकाे भण्डाफाेर गर्दै केपी ओली सरकारले गरेका जनप्रिय कामहरुकाे व्यापक प्रचारप्रसार गरी निर्वाचनको तयारीमा लाग्न निर्देशन दिइन ।

यस्तै एमाले नुवाकाेटका पूर्व अध्यक्ष नारायणप्रसाद खतिवडाले अब ८९ दिन कमिटीका जिम्मेवार पदाधिकारी र सदस्यहरुले गाउँ छाेड्न नपाईने बताए । उनले जरुरी परे केहि समयको लागि कमिटीकाे अनुमति लिएर छाड्नु पर्ने भन्दै गम्भीर भएर पार्टी काममा लाग्न निर्देशन दिए ।
कार्यक्रम एमाले नुवाकाेट जिल्ला किमिटीका पूर्व सदस्य अनुजकुमार श्रेष्ठ लगायत सहभागी थिए । अधिवेशनले गाउँ कमिटीका अध्यक्ष मेघनाथ तामाङ र सचिवमा लालसिंह तामाङलाई सर्वसम्मत चयन गरेकाे छ ।

प्रकाशित मिति : २९ माघ २०७८, शनिबार १७:५०