२० असार २०८१, बिहीबार | Fri Jul 5 2024

करेन्ट लागेर एक मजदुरको मृत्यु, अर्का एक घाइते


२९ माघ, सर्लाही । सर्लाहीको बागमतीमा करेन्ट लागेर घर निर्माणको काम गर्ने एक मजदुरको ज्यान गएको छ भने अर्का एक जना घाईतेघाइते भएका छन् । बागमती नगरपालिका–२, धरहरामा शनिवार करेन्ट लागेर बागम नगरपालिका–८, शंंकरपुर निवासी अन्दाजी २५ बर्षका रामु महतोको ज्यान गएको इलाका प्रहरी कार्यालय हरिवनले जनाएको छ। महतोलाई बचाउने क्रममा सोही स्थानका २१ बर्षीय दिपककुमार महतोे समेत सामान्य घाइते भएका छन् । उनको स्थानीय अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।

बागमती–२ धरहरा निवासी कुमार परियारको घरको छत ढलानका लागि डण्डी मिलाउने क्रममा सडकमा रहेको बिजुलीको पोलबाट उनीहरूलाई करेन्ट लागेको थियो । करेन्ट लागेर गम्भीर घाईते भएका दुवै जनालाई तत्काल अस्पताल लैजाने क्रममा महतोको बाटैमा ज्यान गएको प्रहरीले जनाएको छ । मृतकको शब परीक्षणको लागि जिल्ला अस्पताल पठाइएको जिल्ला प्रहरी कर्यालय सर्लाहीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्ष माधवप्रसाद बुढाथोकीले जानकारी दिए ।

प्रकाशित मिति : २९ माघ २०७८, शनिबार १२:१६