२१ असार २०८१, शुक्रबार | Fri Jul 5 2024

प्रचण्डका समकालीन पूर्व राजदूत शर्मा नेकपा एमाले प्रवेश, ओलीले गरे स्वागत


२८ माघ, काठमाडाैँ । अष्ट्रेलियाका पूर्वराजदूत योगेन्द्र ढकाल उर्फ अजय शर्मा नेकपा (एमाले) मा प्रवेश गरेका छन् । नेकपा एमाले प्रवेश गरेका छन । मोहनविक्रम सिंहसहितका नेताहरु पुष्पकमल दाहाल, बाबुराम भट्टराई, मोहन वैद्यलगायतका नेताहरुसँग राजनीति गर्नुभएका शर्मा र पत्नी गीता सिंह एमाले प्रवेश गरेका हुन ।

पार्टी कार्यालय थापाथलीमा शुक्रबार भएको कार्यक्रममा शर्मा दम्पत्तिलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले स्वागत गरे । कार्यक्रममा एमाले महासचिव शंकर पोखरेल, पोलिटब्यूरो सदस्य सूर्य थापालगायतका नेताहरु सहभागी रहेका थिए ।

अष्ट्रेलियाका लागि राजदूतसमेत बनिसकेका शर्माका दर्जनौं मार्क्सवादी दर्शन सम्बन्धि पुस्तकहरु प्रकाशित छन् । राजदूत माओवादी कोटाबाट भए पनि उनी पुनः मसालमै फर्किएर बुद्धिजीबि संगठनका महासचिव रहेका थिए । शर्माका पत्नी अजिता ढकालसहित आज एमालेमा प्रवेश गरेका छन् । जसले नेकपा (एमाले)लाई थप बल पुर्‍याएको छ ।

प्रकाशित मिति : २८ माघ २०७८, शुक्रबार १६:०८