५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

समृद्धि फाइनान्स र कुमारी बैंकबिच रेमिट्यान्स सेवा सम्झौता


२७ माघ, काठमाडाैँ । समृद्धि फाइनान्स र कुमारी बैंक लिमिटेडबिच रेमिट्यान्स सम्झौता भएको छ।सम्झौतामा फाइनान्सका तर्फबाट प्रमुख व्यवस्थापक विनोद राज पौडेल र कुमारी बैंकका तर्फबाट का.मु. प्रमुखकार्यकारी अधिकृत रामचन्द्र खनाले हस्ताक्षर गरेका हुन् ।

यो सम्झौतापश्चात कुमारी रेमिटको आन्तरिक र अन्तराष्ट्रिय रेमिटको भुक्तानि समृद्धि फाइनान्सका सम्पुर्ण शाखाहरुबाट सजिलै लिन सकिनेछ ।


नेपाल राष्ट्र बैंकबाट“ग” बर्गको इजाजतपत्र प्राप्त राष्ट्रिय स्तरको समृद्धि फाइनान्सले पाँच वटा शाखाहरु मार्फत कारोबार गर्दै आएको छ । फाइनान्सले बचत खातामा उच्चतम व्याजदरमा निक्षेप संकलन गरिरहेको छ ।

प्रकाशित मिति : २७ माघ २०७८, बिहीबार २०:३२