नयाँ प्रधानन्यायाधीशको सिफारिस अाज, अबको प्रधानन्यायाधीश मिश्र कि राणा ?
२३ साउन, काठमाडाैँ । नयाँ प्रधानन्यायाशीधको सिफारिस अाज हुने भएको छ । प्रधानन्यायाधीश सिफारिस गर्न संवैधानिक परिषदको वैठक अाजका लागि बोलाइएको छ । प्रधानन्यायधीशमा प्रस्तावित दिपकराज जोशीको सुनुवाई बिशेष समितिबाट अस्वीकृत भएपछि नयाँ नाम सिफारिस गर्न बैठक बोलाइएको हो ।
नयाँ प्रधान न्यायाधीशको लागि यसअघि नै न्याय परिषदको वैठकले दुई जनाको रोष्टर पठाइसकेकोले सोही नाममा छलफल हुने जनाइएको छ । सर्वोच्च अदालतमा स्थायी न्यायाधीश रहेका ओमप्रकाश मिश्र र चोलेन्द्र सम्सेर राणाको नाम संवैधानिक परिषदमा रोष्टरमा रहेका कारण उनीहरू मध्ये एक जना प्रधानन्यायाधीशमा सिफारिस हुनेछन ।
प्रकाशित मिति : २३ श्रावण २०७५, बुधबार ०८:०२