सुशासन समितिले गृहमन्त्री थापा र अर्थमन्त्री खतिवडालार्इ बोलायो
२२ साउन, काठमाडौं । दिगो विकास तथा सुशासन समितिकाेल पहिलो बैठकले नै दुर्इ जना मन्त्रीलार्इ समितिमा बोलाएर छलपफल गर्ने निर्णय गरेको छ । समितिले गृहमन्त्री रामबहादुर थापा बादल र अर्थ मन्त्री डा. युवराज खतिवडासँग छुट्टाछुट्टै छलफल गर्ने निर्णय गरेको हाे ।
समितिको मंगलबार बसेको पहिलो बैठकले दिगो विकाससम्बन्धी कार्ययोजनाबारे जानकारी लिन अर्थमन्त्री खतिवडा र सुशासनको योजनाबारे जानकारी लिने निर्णय गरेको हो । बैठकमा समितिका सदस्यहरुले राष्ट्रसंघको दिगो विकाससम्बन्धी सूचक र सरकार आफैंले नाएको सूचक अनुसारको कामलाई अघि बढाउन आवश्यक छलफल गर्नु पर्ने धारणा राखेका थिए ।
प्रकाशित मिति : २२ श्रावण २०७५, मंगलवार १६:५४