१७ असार २०८१, सोमबार | Mon Jul 1 2024

धापासीमा कारको ठक्करबाट एक बालकको मृत्यु


२६ माघ काठमाडौं । काठमाडौंको धापासीमा मंगलबार बेलुकी कारको ठक्करबाट एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ३ बर्षीय श्रीयन पाण्डे रहेका छन् । कारको ठक्करबाट गम्भीर घाइते भएका बालकको उपचारका क्रममा राती साढे ९ बजे धापासी स्थित ग्राण्डी अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । सडकमा खेल्दै गरेका उनलाई हिजो बेलुकी सवा ८ बजे बा १७ च ५०२२ नम्बरको कारले ठक्कर दिएको थियो । कार सहित चालकलाई महानगरीय प्रहरी वृत्त महाराजगञ्जले नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति : २६ माघ २०७८, बुधबार ११:४७