२७ आश्विन २०८१, आईतवार | Sun Oct 13 2024

दूग्ध विकास संस्थानको महाप्रबन्धकका लागि दरखास्त खुल्याे

२५ माघ, काठमाडाैँ । सरकारले दूग्ध विकास संस्थानको महाप्रबन्धक खुला प्रतिस्पर्धाबाट छनोट गर्ने भएको छ । त्यसका लागि कृषि तथा पशुपन्छी विकास मन्त्रालयले मंगलबार सार्वजनिक सूचना जारी गर्दै दरखास्त आह्वान गरेको छ ।

३० वर्ष उमेर पुगेर ६० वर्ष ननाघेका कुनै संस्था वा नकिायमा व्यवस्थापकको हैसियतमा कम्तिमा १० वर्षको कार्यअनुभव भएका नेपाली नागरिकले दरखास्त दिनसक्नेछन् । शैक्षिक योग्यताको हकमा सार्वजनिक निकायका पदाधिकारीको नियुक्ति तथा मनोनयन सम्बन्धी निर्देशिका अनुसार भनिएको छ । उम्मेदवारले व्यवसायिक कार्ययोजना पेश गर्नुपर्नेछ ।

प्रकाशित मिति : २५ माघ २०७८, मंगलवार ०८:४७