१२ आश्विन २०८१, शनिबार | Sun Sep 29 2024

२० लाख खर्चेर आफन्तकाे सालिक निर्माण

२४ माघ, तेह्रथुम । साँगुडीगढी गाउँपालिका-५ डाँडाबजार तुङ्खा घर भइ हाल बेलायतमा बस्दै आएका नवीनकुमारी इमेहाङ चबेगु र हरिबहादुर चबेगुले छथर गाउँपालिका-४ फाक्चामारा हाक्पारामा आफन्तको सालिक निर्माण गरेका छन् ।

नवीनकुमारीको बुबा स्वर्गीय चहकमान इमेहाङ र आमा स्वर्गीय हर्करोती सम्बाहाम्फे इमेहाङको स्मृतिमा २० लाख रुपैयाँ लगानीमा सालिक तथा पाटी निर्माण गरेकाे व्यवस्थापक मानबहादुर इमेहाङले बताए । नवीनकुमारीको बुबा-आमा तथा हरिबहादुरको सासु-ससुराको स्मृतिमा सालिक निर्माण गरी अनावरण गरेका हुन् ।

सोही अवसरमा दुई वटा विद्यालयमा स्व. चहकमान हर्करोति छात्रवृत्ती अक्षयकोष स्थापना गरिएको । छथर गाउँपलिका-४ फक्चामारा हक्पारामा रहेको जलकन्या आधारभुत विद्यालय र सिद्धगणेश माध्यमिक विद्यालयमा एक लाख ५० हजारको दरले अक्षयकोष स्थापना गरिएको हो । अक्षयकोषको ब्याजबाट वार्षिक बसन्त पञ्चमीको दिन आर्थिक रुपमा कम्जोर असहाय तथा जेहेन्दार विद्यार्थीहरूलाई छात्रवृत्ती प्रदान गरिने छ ।

प्रकाशित मिति : २४ माघ २०७८, सोमबार १५:२३