१२ आश्विन २०८१, शनिबार | Sun Sep 29 2024

ट्रक दुर्घटनामा एक जनाको मृत्यु

२४ माघ, संखुवासभा । खाँदबारी नगरपालिका–९ तुम्लिङटारमा ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा गोरखा नगरपालिका–४ का २२ वर्षीय ट्रक चालक मिलन मग्राती रहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी निरीक्षक शुभेष अधिकारीले जानकारी दिए ।

प्रहरी निरीक्षक अधिकारीका अनुसार सोमबार बिहान ७ बजे प्रदेश २–०३००१ख ४३० नम्बरको ट्रक खाँदबारी–९ सभाखोला नजिकै भएको हो । तुम्लिङटारबाट वीरगंज जाँदै गरेको ट्रक दुर्घटना हुँदा चालक मग्रातीको घटनास्थलमै मृत्यु भएको उनले बताए ।

ट्रक मकालु गाउँपालिका–५ को नुममा सिमेन्ट पु¥याएर सोमबार बिहान वीरगंज फर्कदैँ गर्दा सभाखोला नजिँकैको घुम्तीमा ब्रेक फेल भएर दुर्घटनामा परेको प्रहरी निरीक्षक अधिकारीले बताए । उनको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल संखुवासभा ल्याउने तयारी भइरहेको प्रहरी निरीक्षक अधिकारीले बताए । घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।

प्रकाशित मिति : २४ माघ २०७८, सोमबार १२:३२