१२ आश्विन २०८१, शनिबार | Sun Sep 29 2024

नेपाल खेलकुद महासंघको संयोजकमा पर्शुराम बस्नेत, १९९ सदस्यीय केन्द्रीय कमिटी गठन

२४ माघ, काठमाडाैँ । नेकपा एमालेको जनवर्गिय संगठन नेपाल खेलकुद महासंघको संयोजकमा पर्शुराम बस्नेत चयन भएका छन । महासंघका अध्यक्ष रमेश पाैडेल एमाले केन्द्रीय सदस्यमा मनोनित भएपछि उनले पूर्व जिम्मेवारीबाट विदा लिएका हुन ।

महासंघका उपाध्यक्ष प्रभातविक्रम कटुवालका अनुसार नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा जनसंगठनका समन्वय सम्यन्त्रका प्रमुख भानुभक्त ढकालको प्रमुख आतिथ्यतामा सम्पन्न महासंघको सचिवालय बैठकले १९९ सदस्यी केन्द्रीय कमिटी चयन गरेको हो ।

बैठकमा संयोजक ढकालले समग्र पार्टीको नीति, समसामयिक राजनीति, खेल तथा खेलाडी लगायतका विषयमा महत्त्वपूर्ण निर्देशन दिएको कटुवालले बताए । त्यस्तै एमाले पोलिटब्यूरो सदस्य एवं महासंघका इन्चार्ज गोकुल बास्कोटाले कार्यक्रम, कार्यनीति, भावी कार्यभार लगायतका विषयमा महत्त्वपूर्ण निर्देशन दिएको कटुवालले बताए ।

प्रकाशित मिति : २४ माघ २०७८, सोमबार ०८:४८