१४ असार २०८१, शुक्रबार | Sat Jun 29 2024

काठमाडौँ महानगरका विद्यार्थीलाई आजदेखि फाइजरकाे दोस्रो डाेज


२४ माघ, काठमाडौँ । काठमाडाैँ महानगरपालिका क्षेत्र भित्रका विद्यार्थीले काेभिड-१९ विरुद्धकाे फाइजर खाेपकाे दाेस्राे डाेज आजदेखि लगाउन पाउने भएका छन् ।

पहिलाे डाेज लगाएकाे तीन हप्ता पुगेका १२ देखि १७ वर्ष उमेरका विद्यार्थीले आजदेखि ५ फागुनसम्म फाइजरको दोस्रो डाेज लगाउन पाउने भएका हुन् ।

महानगरका शिक्षा अधिकारी रामप्रसाद सुवेदीका अनुसार ३२ वटै वडामा रहेका तोकिएका विद्यालयका खोप केन्द्रमा खोप अभियान सञ्चालन हुनेछ । शनिबारबाहेक अन्य दिनमा बिहान १० बजेदेखि अपरान्ह ४ बजेसम्म खोप लगाउन पाइनेछ ।

प्रकाशित मिति : २४ माघ २०७८, सोमबार ०८:२१