१४ असार २०८१, शुक्रबार | Sat Jun 29 2024

एमसीसीको बिरोधमा साना बामपन्थी दलले भोली देखी आन्दोलन चर्काउने


२४ माघ, काठमाडौँ । अमेरिकन सहयोग मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)लाई प्रतिनिधिसभावाट पारित गर्ने तयारी तिव्र भईरहेको बेला साना बामपन्थी दलले भने बिरोधमा भोली देखी आन्दोलन चर्काउने भएका छन ।

२५ माघमा देशैभरी संयुक्त कोणसभा गर्न लागेका साना बामपन्थी दलले माघ २६ गते काठमाडौँ उपत्यकामा माइतीघरवाट जुलुससहित संसद भवन अगाडी बिरोध प्रदर्शन र देशैभरी सदरमुकामहरुमा संयुक्त बिरोध प्रदर्शन र सभा आयोजना गर्ने निर्णय लिएका छन ।

‘शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकारले राष्ट्रघाती एमसीसी सम्झौता संसदवाट अनुमोदन गर्न गरेको प्रयत्न नेपालको राष्ट्रिय स्वाधिनता माथीको निर्मम प्रहार र दुस्साहस भएको ठहर गर्दै यसका बिरुद्ध शशक्त आन्दोलन सृष्टी गर्न’ अपिलसमेत गरेका छन् ।

फाइल फाेटाे

यसरी अपिल गर्ने साना बामपन्थी दलहरुमा नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी, मोहनविक्रम सिंह नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (मसाल) मोहन बैद्य नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) , ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी, आहुती नेतृत्वको बैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी नेपाल, कर्णजित बुढाथोकीको नेतृत्वको नेकपा माओवादी केन्द्र समाजवादी रहेका छन ।

साथै, मोहन बैद्य र मोहनविक्रम सिंहका पार्टीका मोर्चाहरु क्रमशः सीपी गजुरेल नेतृत्वको देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपाल र चित्रबहादुर केसी नेतृत्वको राष्ट्रिय जनमोर्चा नेपालले पनि उक्त आन्दोलनमा सामेल हुने भएको छ ।

प्रकाशित मिति : २४ माघ २०७८, सोमबार ०८:१६