२९ चैत्र २०८२, आइतबार | Sun Apr 12 2026

नेकपाको प्रवक्ता नारायणकाजी श्रेष्ठ नै हुनः प्रचण्ड

२२ साउन, वीरगञ्ज । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भोलि बस्ने संवैधानिक परिषद्को बैठकले संवैधानिक निकायमा रिक्त पदपूर्तिका लागि सिफारिस गर्ने बताएका छन ।

मंगलबार बिहान वीरगञ्जमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले प्रधानमन्त्री केपी ओलीसँग आफ्नो कुरा भएको भन्दै बुधबार बस्ने संवैधानिक परिषद्को बैठकले प्रधानन्यायाधीश लगायत संवैधानिक निकायमा रिक्त पदमा पूर्तिका लागि सिफारिस गर्ने बताए ।

अर्को फरकप्रसंगमा कुरा गर्दै अध्यक्ष प्रचण्डले नाराणकाजी श्रेष्ठ अहिले पनि पार्टीको प्रवक्ता रहेको बताए । उनले श्रेष्ठको राजिनामा अस्वीकृत भैसकेको भन्दै अनावश्यक चर्चा गर्नुको कुनै तुक नरहेको बताए ।

प्रकाशित मिति : 12:06