कांग्रेस केन्द्रीय समिति बैठक बस्दै, नेविसंघको कार्यकाल तीन महिना थपिने सम्भावना
२२ साउन, काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक आज बस्दै छ । केन्द्रीय कार्यालय सानेपामा दिउँसो तीन बजे बस्ने बैठकमा वर्तमान राजनीतिक घटनाक्रमका विषयमा छलफल हुने मुख्य सचिव कृष्ण प्रसाद पौडेलले बताएका छन ।
बैठकमा विधान मस्यौदा समिति गठन र महासमिति बैठकको मिति तय लगायतका विषयमा पनि छलफल हुने एक केन्द्रीय सदस्यले बताए । भाद्रमा हुने भनिएको महासमिति बैठक अनिश्चित बनेको छ भने विधान मस्यौदा समिति गठन हुन सकेको छैन ।
नेविसंघको कार्यकाल तीन महिना थप्ने सम्भावना रहेको छ । बुधबारदेखि नेविसंघको वर्तमान कार्यसमितिको कार्यकाल सकिन लागेको छ । नेविसंघको विधान अनुरूप केन्द्रीय समितिको कार्यकाल बढीमा तीन महिना थप्न सकिने प्रावधान छ ।
प्रकाशित मिति : २२ श्रावण २०७५, मंगलवार ११:४५