१२ आश्विन २०८१, शनिबार | Sun Sep 29 2024

फागुन १ गतेदेखि विद्यालय खुल्ने

२३ कमघ, काठमाडाैँ । आगामी फागुन १ गतेदेखि विद्यालय खुल्ने भएकाे छ । काठमाडौँ उपत्यकाका जिल्ला प्रशासन कार्यालयले जनस्वास्थ्यको मापदण्ड पालना गरी आगामी फागुन १ गतेदेखि विश्वविद्यालय, कलेज, विद्यालय, ट्युसन सेन्टर, तालिम वा अन्य प्रकारका शैक्षिक क्रियाकलापहरू सञ्चालन गर्न सकिने जनाएको छ ।

कार्यालयले विद्यालय सञ्चालन गर्दा १२ वर्ष पुरा भएका विद्यार्थीका हकमा नियमति र १२ वर्ष पुरा नभएका विद्यार्थीका हकमा आलोपालो वा सिफ्ट प्रणालीमा कक्षा सञ्चालनको व्यवस्था मिलाउन भनिएको छ ।

प्रकाशित मिति : २३ माघ २०७८, आईतवार २०:१८