इन्भेष्टमेन्ट बैंकले सञ्चालनमा ल्यायो ‘एनआईबीएल गज्जब ६ मुद्दति खाता’
२३ माघ, काठमाडाैँ। नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडले स्थापनाको ३६ औँ वार्षिकोत्सवका अवसरमा ‘एनआईबीएल गज्जब ६ मुद्दति खाता’ सञ्चालनमा ल्याएको छ।
भविष्यमा आफ्ना ग्राहकलाई आइपर्ने आर्थिक व्यय भार, औषधोेपचार, शैक्षिक खर्चका साथै अन्य सामाजिक दायित्व सहजतापूर्वक परिपूर्ति गर्नका लागि यो योजना सहयोगीसिद्ध हुनेमा बैंक विश्वस्त छ।

यस्ता छन् मुद्दति खाताका विशेषताहरुः
निक्षेपको रकम २० वर्षमा ६ गुणा हुने।
यो मुद्दति खाता जुनसुकै उमेर समूहका व्यक्तिले खोल्न सक्ने।
न्यूनतम रु. १० हजारमा मुद्दति खाता खोल्न सकिने।
निःशुल्क क्रेडिट कार्ड प्राप्त गर्न सकिने ।
सावाँ तथा पाकेको ब्याजको ९०% सम्म कर्जा प्राप्त गर्न सकिने।
बैंकले सातै प्रदेशमा छरिएका ८८ शाखा, ३१ विस्तारित काउन्टर, ५८ शाखारहित बैंकिङ केन्द्र तथा १३१ एटीएममार्फत गुणस्तरीय बैंकिङ सेवा प्रदान गर्दै आएको छ। पाँच पटकसम्म फाइनान्सियल टाइम्सबाट ‘बैंक अफ द इयर’ अवार्ड पाइसकेको यो बैंक अन्तर्राष्ट्रिय प्रकाशन– युरोनोमीबाट अनुकरणीय सेवा र व्यवसायका लागि ‘बेस्ट बैंक–२०७५ र २०७८’ युरोनोमी अवार्डबाट समेत पुरस्कृत भइसकेको छ। यसबाहेक इक्रा नेपाल (अन्तर्राष्ट्रिय क्रेडिट रेटिङ एजेन्सी–नेपाल) ले बैंकलाई ‘ए’ वर्गको क्रेडिट रेटिङ दिएको छ।
प्रकाशित मिति : २३ माघ २०७८, आईतवार १८:३३










