१२ आश्विन २०८१, शनिबार | Sun Sep 29 2024

नेपालमा थपिए १३८६ कोरोना संक्रमित, थप ११ को मृत्यु

२३ माघ, काठमाडाैँ । नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ३ सय ८६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार २ सय ५१ नमुनाको पिसिआर तथा एन्टिजेन विधिबाट परीक्षण गर्दा १ हजार ३ सय ८६ संक्रमित थपिएका हुन् ।

पछिल्लो २४ घन्टामा ८ हजार ७ सय ४ जना निको भएका छन् । र, सोही अवधिमा ११ जनाको निधन भएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार आज थपिएका सँगै देशभर ४५ हजार २ सय ४८ सक्रिय संक्रमित रहेका छन् ।

प्रकाशित मिति : २३ माघ २०७८, आईतवार १७:१९