२७ आश्विन २०८१, आईतवार | Mon Oct 14 2024

ओटीटीमा ‘अन्तिमः द फाइनल ट्रुथ’को रेकर्ड

२२ माघ, काठमाडौं । बलिउड अभिनेता सलमान खान र आयुष शर्मा एकसाथ फिल्म ‘अन्तिमः द फाइनल ट्रुथ’मा देखिएका थिए । यो फिल्म गतवर्षको २६ नोभेम्बरमा थिएटरमा रिलिज भएको थियो । फिल्मले बक्स अफिसमा राम्रो प्रतिक्रिया पाए पनि कलेक्सन भने औषत थियो । थिएटरमा रिलिजको करिब एक महिनापछि २४ डिसेम्बरमा यसलाई ओटीटी प्लेटफर्म जी५मा स्ट्रिम गरियो । फिल्मले ओटीटी प्लेटर्फममा पनि उत्तिकै राम्रो प्रतिक्रिया पाएको छ ।

फिल्मले ओटीटीमा नयाँ रेकर्ड बनाएको छ । यो फिल्म जी५मा बिना रोकावट र विना कुनै ग्याप लगातार ३७ करोड मिनेटसम्म स्ट्रिम भएको छ । यो आफैंमा एक दमदार रेकर्ड हो । पछिल्लो केही समययता ओटीटीमा रिलिज भएका फिल्मले यस्तो रेकर्ड बनाएका थिएनन् । अक्षय कुमार, सारा अली खान र धनुषको फिल्म ‘अतरंगी रे’ले पनि पहिलो दिन डिज्नी प्लस हटस्टारमा सबैभन्दा बढी स्ट्रिम हुने रेकर्ड बनाएको थियो । तर, यो रिलिजको २४ घण्टाको रेकर्ड थियो ।

यसैगरी कार्तिक आर्यनको ‘धमाका’लाई नेटफ्लिक्समा स्ट्रिम गरिएको थियो । दर्शकले यो फिल्मलाई निकै मन पराएका थिए । तर, कसैले पनि सलमानको फिल्म जस्तो रेकर्ड कायम गर्न सकेनन् । फिल्म ‘अन्तिम’मा अभिनेता महेश माञ्जरेकरको निर्देशन छ । यो फिल्म सन् २०१८ मा रिलिज मराठी फिल्म ‘मुल्सी पेटर्न’को रिमेक हो । यसमा किसानको छोरालाई ग्याङस्टार बनेको देखाइएको छ । फिल्ममा सलमानले इमानदार प्रहरी र आयुषले ग्याङस्टारको भूमिका निर्वाह गरेका छन् ।

प्रकाशित मिति : २२ माघ २०७८, शनिबार १४:४०