२७ आश्विन २०८१, आईतवार | Mon Oct 14 2024

आज दिनभर नेपाल टेलिकमकाे भीओएलटीई कल निःशुल्क, २९४ रुपैयाँमै २० जीबी डेटा पाइने

२२ माघ, काठमाडाैँ । नेपाल टेलिकमले आज आफ्नो १८औं वार्षिकोत्सव मनाउँदै छ। वार्षिकोत्सवकाे अवसरमा टेलिकमले २४ सैं घण्टा भोएलटीई कल फ्री को अफर ल्याएको छ।

यो अफर एक दिनका लागि मात्र लागू हुने टेलिकमले जनाएकाे छ । याे अफर प्रयोग गर्दा कुनै चार्ज नलाग्ने टेलिकमले जनाएको छ । यो सेवा एक्टिभेट गर्न आफ्नो मोबाइलबाट *४४४# डायल गर्नुपर्ने छ । साथै सेवा प्रयोग गर्न सिम र मोबाइल सेट दुवैले भीओएलटीई सपोर्ट गर्ने हुनुपर्छ । निःशुल्क कल सुविधा नेपाल टेलिकमको नेटवर्कभित्र गर्ने कलमा मात्र लागू हुने समेत टेलिकमले जनाएको छ ।

यस्तै वार्षिकोत्सवलाई लक्षित गरी टेलिकमले नयाँ डेटा प्याक अफर पनि ल्याएको छ। जसमा ‘एनटी एनिभर्सरी अफर’ को रुपमा ल्याइएको यस योजना अन्तर्गत ग्राहकले २९४ रुपैयाँमा २० जीबी डेटा प्राप्त गर्ने भएका छन् । यो डेटा १० दिनसम्म प्रयोग गर्न सकिने टेलिकमले जनाएकाे छ ।

यसैगरि ६ जीबी डेटा ९८ रुपैयाँमा खरिद गर्न सकिने छ । उक्त डेटा तीन दिनसम्म प्रयोग गर्न सकिने छ । यसका साथै हरेक दिन ६९ रुपैयाँमा १ एमबीपीएस गतिको अनलिमिटेड डेटा प्रयोग गर्न सकिने छ।

टेलिकमका अनुसार यो योजना मंगलबारदेखि सुरु भएर आउँदो फागुन ३ गतेसम्म मात्रै कायम रहने छ । ग्राहकले यो प्याक *१४१५*११# डायल गरी अथवा नेपाल टेलिकमको मोबाइल एप ‘एनटी एप’ मार्फत पनि खरिद गर्न सकिने जनाइएको छ।

प्रकाशित मिति : २२ माघ २०७८, शनिबार १०:३५