२७ आश्विन २०८१, आईतवार | Mon Oct 14 2024

आज पनि वर्षा–हिमपातकाे सम्भावना, रातिबाट माैसममा सुधार हुने

२२ माघ, काठमाडाैँ । देशमा पश्चिमी न्युन चापीय प्रणालीको प्रभाव रहेको छ । दिउँसो प्रदेश १, मधेस प्रदेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा वर्षाकाे सम्भावना रहेकाे माैसम पूर्वानुमान महाशाखाले जानकारी दिएकाे छ । अरु प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा पनि हल्का वर्षा हुनेछ ।

पूर्वी तथा मध्य भूभागका उच्च पहाडी तथा हिमाली भू(भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेकाे महाशाखाकाे प्रक्षेपण छ । राती देशभर आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ । आइतबार देशभर आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ आँकलन गरिएकाे छ ।

प्रकाशित मिति : २२ माघ २०७८, शनिबार ०८:४५