२७ आश्विन २०८१, आईतवार | Mon Oct 14 2024

आन्तरिक हवाइ उडानको भाडादर बढ्यो, कहाँकाे कति ?

२१ माघ, काठमाडाैँ । आन्तरिक हवाइ उडानको भाडादर वृद्धि भएको छ । नेपाल आयल निगमले पेट्रोलिम पदार्थको मूल्य बढाएपछि नेपाल वायुसेवा सञ्चालक संघले शुक्रबारबाट लागूहुनेगरी भाडा बढाएको हो ।

संघले १०५ रुपैयाँदेखि ४४५ रुपैयाँसम्म वृद्धि गरेको जनाएको छ । काठमाडौँ-धनगढीको भाडादर ४४५ रुपैयाँले बढेकाे छ। यस्तै काठमाडौँ-नेपालगञ्जकाे ३२५ ने बढेकाे छ भने काठमाडौँ-विराटनगरकाे भाडादर २४० ले बढेकाे छ । यसैगरि काठमाडौँ-पोखराकाे भाडादर १६०, , काठमाडौँ-भद्रपुर, काठमाडौँ-भरतपुर १०५ रुपैयाँले बढेको संघले जनाएको छ । यस्तै माउन्टेन फ्लाइटको भाडादर ३४५ रुपैयाँले बढेको छ ।

प्रकाशित मिति : २१ माघ २०७८, शुक्रबार १७:५४